Breaking News.... EverestOnlineKhabar
June 4, 2026

कलाकार जोडी धुर्मु सुन्तलीले बाढीपीडितका लागि घर बनाइ दिने

Loading

काठमाडौं । हास्य कलाकार तथा समाजसेवी धर्मुस सुन्तलीले तराईका डुवान तथा बाढी पीडितहरुका लागि एकीकृत बस्ती निर्माण गरिदिने भएका छन । काभ्रे, सिन्धुपाल्चोक र महोत्तरीमा एकीकृत बस्ती निर्माण गरी चर्चामा आएको यो जोडीले धुर्मुस सुन्तली फाउण्डेसनका नामबाट नमूना नेपाल परियोजना अघि बढाएकैबेला फेरि तराईमा नमूना बस्ती बनाउने योजना अघि सारेको हो ।

पीडितहरुलाई सुरुदेखि नै राहत वितरण गर्दै आएका उनीहरुले एकीकृत वस्ती पनि निर्माण गर्ने घोषणा गरेका हुन् ।
फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले पीडितहरुको अवस्थालाई देखेर आफूहरुले एकीकृत बस्तीको योजना अघि सारेको जानकारी दिए । ‘पीडितहरु अझै पनि पालमुनी बसिरहेका छन, उनीहरुलाई बासस्थानको आवश्यकता छ’ धुर्मुसले भने, ‘फेरि अर्को मानवीय क्षति नहोस भन्नका लागि पनि हामीलाई एकीकृत नमूना वस्तीको आवश्यकता महशुस भएको हो ।’

फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले उनीहरुका लागि राहत मात्र भन्दा पनि एउटा वासस्थानको जरुरत भएको र फाउण्डेशनले बाढी पीडितहरुका लागि आएको सहयोग रकमले उक्त नमूना वस्ती निर्माण गर्ने जानकारी दिइन ।

कहाँ र कति लागतमा बस्ती बनाउने भन्ने अझै टुङ्गो नलागेको र छलफलमै रहेको उनीहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed