Breaking News.... EverestOnlineKhabar
June 4, 2026

डोकलाम विवादपछि पहिलो पटक मोदी जिनपिङ आमनेसामने, हात पनि मिलाए

Loading

एजेन्सी । डोकलाम क्षेत्रको सीमा विवाद समाधान भएपछि पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेट भएको छ ।

ब्रिक्स सम्मेलनका लागि चीनको सियामेन पुगेका मोदी र सीबीच भेट भएको हो । सीले कन्फरेन्स सेन्टरमा मोदीको स्वागत गरेका थिए । दुवै नेताले हात मिलाउँदै गरेको तस्विरले उच्च प्राथमिकता पाएको छ । बैठकका दौरान दुई नेताबीच मंगलबार साइडलाइन वार्ता हुने जनाइएको छ ।

ब्रिक्स राष्ट्रहरुमा भारत र चीनसहित ब्राजिल, दक्षिण अफ्रिका र रुस रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed