Breaking News.... EverestOnlineKhabar
June 4, 2026

सूर्यकुमार क्षेत्री मिडियाकप फुटसलको उपाधि खेलकुद पत्रकार मञ्चलाई

Loading

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले सूर्यकुमार क्षेत्री दोश्रो अन्तर मिडियाकप फुटसल प्रतियोगिताको उपाधीे जितेको छ । सोमबार भएको फाइनलमा मञ्चले माउण्टेन टेलीभिजनलाई ५–१ गोलअन्तरले पराजित  गर्दै उपाधि जितेको हों ।

मञ्चको जीतमा दिल तामाङले २ तथा निशान राई, सुवास हुमगाईं र दिपेन्द्र पोख्रेलले १–१ गोल गरे ।  माउण्टेन टेलिभिजनका लागि सुमन चौधरीले सान्तोवना गोल फर्काए ।

सोमबार नै भएको सेमिफाइनलमा मञ्चले नेपाल टेलिभिजनलाई ५–२ र माउण्टेन टेलिभिजनले पिजे क्बललाई ३–१ ले हराएको थियो । च्याम्पियन नेपाल खेलकुद पत्रकार मञ्चले नगद ५० हजार र उपविजेता माण्टेन टेलिभिजनले २५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा १० वटा टिमको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed