Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले वर्तमान सरकारलाई म्यादी सरकारको संज्ञा दिंदै जथाभावी निर्णय नगर्न चेतावनी दिएको छ । सरकारले निर्वाचन आचारसंहिता विपरित कर्मचारीहरूको सरुवा गरेको भन्दै एमालेले स्वयच्छाचारी ढंगले काम नगर्न सरकारलाई सचेतसमेत गराएको छ ।

सोमबारको संसद बैठकमा बोल्दै सांसद भीम रावलले भने ‘यो म्यादी सरकारले जे मन लाग्यो त्यो गर्न पाउँदैन, म्यादी सरकारले राष्ट्रहित विरुद्धमा सहमति गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सदनलाई जानकारी दिनुपर्छ ।’

एमालेका उपाध्यक्ष समेत रहेको रावलले भने, ‘सुनौली नाकाबाट ग्यास ल्याउने भनेर भारतबाट कर्मचारी ल्याएर सर्वे गर्ने काम भइरहेको छ, सार्वभौम मुलुकमा जे मन लाग्यो त्यो गर्न पाइन्छ ?’

निर्वाचन आयोगले भदौ १४ गतेबाट आचारसंहिता लागू गरेपनि सत्तारुढ राजनीतिक दलका ठूला नेताहरू बोरामा चामल बोकेर राहत सामग्री वितरण गरिरहनु आपत्तीजनक भएको उनले बताए । यस्तै, प्रमुख जिल्ला अधिकारी र कर्मचारीहरूको मनपरी सरुवा गरिएकोमा पनि उनले आपत्ती जनाए । उनले प्रधानमन्त्री देउवाले आचार संहित विपरित भएका सबै गतिविधिको जवाफ सदनलाई दिन माग गरे ।

प्रधानमन्त्री देउवाले सदनलाई जवाफ दिन माग गरेर एमालेका सांसदहरू आ–आफ्नो सिटमा उभिएपछि सभामुखले सरकारलाई आगामी बैठकमा सो विषयमा जानकारी गराउन रुलिङ गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed