Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्रधानमन्त्रीद्वारा सबै तहको चुनाव सफल बनाउन सहयोगको आग्रह

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न सबै तहको निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज, कर्मचारी र सुरक्षा निकायको सक्रिय सहयोगको अपेक्षा गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ४०औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आसन्न सबै तहको निर्वाचन सम्पन्न गर्नु संविधान कार्यान्वयनको महत्वपूर्ण आधार भएकाले सबैलाई तन मन धनले लाग्न आग्रह गर्नुभयो ।

तीनवटै तहको निर्वाचनपछि मुलुकलाई समृद्धीको बाटोमा अग्रसर हुने उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले आर्थिक सुधार कार्यक्रममार्फत लगानीको वातावरण बनाउँद दीगो आर्थिक विकास गर्न सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले पूँजीगत खर्च बढाउने र व्यापार घाटा कम गर्ने विषयमा आफू गम्भीर रहेको धारणा राख्नुभयो ।

बैठकले संघीयता कार्यान्वयन, स्थानीय तहको संचालन र जनशक्ति व्यवस्थापन, बजेट परिचालनलगायतका विषयमा देखिएको समस्या तत्काल समाधान गर्न केन्द्रीत हुने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed