Breaking News.... EverestOnlineKhabar
June 4, 2026

उम्मेदवार छनोटमा हस्तक्षेप गरेपछि रेणु यादवको घर उनकै कार्यकर्ताले जलाउन खोजे

Loading

सप्तरी । संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक रेणु यादवलाई उनकै कार्यकर्ताले उनकै घरमा थुनेका छन । तेस्रो चरणको स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्दा हस्तक्षेप गरेको भन्दै उनलाई कार्यकर्ताले थुनेका हुन ।

यादवको घर अगाडि प्रदर्शन गर्दै केही कार्यकर्ताले उनको घर जलाउने समेत प्रयास गरेका थिए । यादवसंग आक्रोशित कार्यकर्ताले उनीबिरुद्ध नाराबाजी गर्दै घरमा ढुंगामुढा प्रहार गरेका थिए । कार्यकर्ताले यादवको घरको मूल ढोकामा ताला लगाइदिएका छन् ।
यादवको घरबाहिर व्यापक प्रहरी परिचालन गरिएको छ ।

बुझिए अनुसार सप्तरीको बोदेबरसाइन नगरपालिकामा यादव आफ्ना छोरा अभिषेक कुमार यादवलाई मेयर पदको टिकट दिलाउन चलखेल गरेको भन्दै उनीहरु कार्यकर्ता आक्रोशित भएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed