![]()
बिबिसि । दक्षिण कोरियाले उत्तर कोरियाको परमाणु अस्त्र क्षेत्रमा आक्रमण गरेको प्रतीत हुने गरी ’मिसाइल ड्रिल’ अर्थात् क्षेप्यास्त्र अभ्यास गरेको छ । प्योङयाङले छैठौं पटक परमाणु अस्त्र परीक्षण गरे लगत्तै दक्षिण कोरियाले त्यस्तो अभ्यास गरेको हो ।
‘लाइभ फायर’ अभ्यासको क्रममा लडाकू विमानबाट रकेट र जमिनबाट ब्यालेष्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो ।
उत्तर कोरियाली कदमलाई लिएर चीन र रुसमा गम्भीर चिन्ता व्यक्त भइरहँदा दक्षिण कोरियाले पछिल्लो सैनिक अभ्यास गरेको हो । चीनका राष्ट्रपति सि जिन पिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरियाली प्रायद्वीपमा तनाव कम गर्नु पर्नेमा जोड दिएका छन् । जापानले चाहिँ उत्तर कोरियाको पछिल्लो परीक्षणलाइ क्षमा गर्न नसकिने प्रतिक्रिया दिएको छ ।
उता, वासिङ्टनमा ट्रम्प प्रशासनले जे जस्ता प्रतिक्रिया दिने गरेको भएपनि प्योङयाङले निकै तीव्र गतिका परमाणु अस्त्रको विकास गरिरहेको छ । त्यो धेरैले अपेक्षा गरेभन्दा फरक परिस्थिति हो । पछिल्लो परीक्षणका बेला ६ म्याग्नीच्युड भन्दा ठूलो भूकम्पको धक्का महसुस् गरिएको थियो । अमेरिकी रक्षा मन्त्री म्याटिसले उत्तर कोरियामाथि सैन्य कारवाहीको विकल्प नभएको भन्दै आक्रोश पोखेका छन ।


