![]()
काठमाडौं । पल्सर स्पोर्ट्स अवार्ड २०७३ का लागि विभिन्न ४ विधाका उत्कृष्ट खेलाडीहरुको मनोनयन घोषणा भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक चार विधाको मनोनयन सार्वजनिक गरेको हो ।
यही भदौ २६ गते हुने १४औँ संस्करणको अवार्ड समारोहमा वर्षका उत्कृष्ट ४ र पिपुल्स च्वाइस अवार्डसँगै लाइटाइम अचिभमेन्ट अवार्ड, स्पेशियल अवार्ड र पारा एथलेट अवार्ड प्रदान गरिनेछ । लाइभ टाइम अचिभमेन्ट अवार्ड, पारा एथलेट अवार्ड र स्पेशियल अवार्ड भने अवार्ड समोरोहकै दिन घोषणा गरिनेछ ।
उत्कृष्ट खेलाडीको मनोनयनमा परेका खेलाडीहरुको सूची
उत्कृष्ट खेलाडी पुरुष
किरण कुमार लिम्बु, फुटबल
रत्नजित तामाङ, ब्याड्मिन्टन
शरद भेषावकर, क्रिकेट
सोम बहादुर कुमाल, एथल्टिक्स
मान बहादुर श्रेष्ठ, भलिबल
उत्कृष्ट खेलाडी महिला
कान्छीमाया कोजु, एथ्लेटिक्स
ज्ञानु अवाले, आर्चरी
नङ्सल तामाङ, ब्याडिमन्टन
सावित्रा भण्डारी, फुटबल
सरस्वती भट्टराई, एथ्लेटिक्स
उत्कृष्ट खेलाडी युवा
दीपेन्द्र सिंह ऐरी, क्रिकेट
अनन्त तामाङ, फुटबल
मनिता श्रेष्ठ प्रधान, जुडो
कमला श्रेष्ठ, भारोत्तोलन
प्रतिभा माली, भलिबल
उत्कृष्ट प्रशिक्षक
योतुकु कोजी, फुटबल
पुष्पराज ओझा, एथ्लेटिक्स
मेघराज केसी, फुटबल
जगत टमाटा, क्रिकेट
किरण थापा, ब्याड्मिन्टन


