Breaking News.... EverestOnlineKhabar
August 13, 2026

काठमाडौंबाट प्रतिबन्धित भारतीय नोटसहित दुई जना पक्राउ

Loading

काठमाडौं । प्रहरीले काठमाडौं बनस्थलीबाट प्रतिबन्धित भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले ६८ लाख २० हजार भारतीय नोटसहित बाँके कोहलपुरकी ४१ वर्षीय कृष्ण कुमारी शर्मा र गोरखाका २९ वर्षीय अर्जुन भण्डारीलाइ पक्राउ गरेको हो ।

शर्मा र भण्डारीसंग एक हजार र ५ सयका ६८ लाख २० हजार पुराना नोट रहेका थिए । पक्राउ पर्ने दुवै जना नोटको कारोबारी गर्ने भरिया मात्र रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले उक्त रकम १ सय भारतीय बराबर ७० रुपैयाँमा सटही गर्ने गरेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed