Breaking News.... EverestOnlineKhabar
June 4, 2026

बिश्वकप छनोट खेल : स्पेनद्वारा इटाली ३–० ले पराजित

Loading

बिबिसि । बिश्वकप छनोट खेलमा स्पेनले इटालीलाई ३–० ले हराएको छ । यूरोपेली छनोटको समूह जी को खेलमा रियाल मड्रिडका प्लेमेकर इस्कोले स्यान्टियागो बर्नबाउमा पहिलो हाफमे २ गोल गरेपछि स्पेन बलियो स्थितिमा पुगेको थियो । थप गोल एल्भारो मोराटाले सर्गियो रामोसको क्रसमा गरे । जितसँगै स्पेनले छनोट चरण पार गर्ने सम्भावना बलियो भएको छ ।

सन् २००६ यताका विश्वकप छनोटमा अपराजित इटालीलाई रुसको टिकट काट्न प्लेअफ खेल्नुपर्ने खतरा बढेको छ । युरोपबाट ८ समूहका विजेता सिधै विश्वकपका लागि छनोट हुँदा उत्कृष्ट दोस्रो स्थानमा पर्ने ८ राष्ट्रले प्लेअफ खेल्नुपर्नेछ ।

त्यस्तै समूह एच मा शीर्ष स्थान कब्जा गर्न युक्रेनले टर्कीलाई २–० ले पराजित गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed