Breaking News.... EverestOnlineKhabar
June 4, 2026

मोदी मन्त्रिमण्डलमा ब्यापक फेरबदल,४ जनाको पदोन्नती

Loading

काठमाडौं । सन् २०१९ को लोकसभा चुनावभन्दा २० महिना पहिले भारतको मोदी मन्त्रिमण्डलमा व्यापक फेरबदल गरिएको छ । यो परिवर्तनमा ४ जनाको पदोन्नति गरेर क्याबिनेट मन्त्री बनाइएको छ भने नौजना नयाँ नेतालाई राज्यमन्त्रीको शपथग्रहण गराइएको छ ।

राज्यमन्त्रीबाट मन्त्रीपदमा पदोन्नति हुनेमा पीयूष गोयल, मुख्तार अब्बास नकवी, निर्मला सीतारमण र धर्मेन्द्र प्रधान रहेका छन् । नकवी मोदी सरकारमा एक मात्र मुस्लिम नेता हुन् र उनी बीजेपीका पुराना हस्ती मानिन्छन् ।

राज्यमन्त्री बनेकाहरूमा उत्तरप्रदेशका शिवप्रताप शुक्ल, मध्यप्रदेशका वीरेन्द्रकुमार, कर्नाटकका अनन्तकुमार हेगडे, विहारका राजकुमार सिंह, कूटनीतिक सेवामा अनुभवप्राप्त हरदीप सिंह पुरी, राजस्थानका गजेन्द्रसिंह शेखावत, उत्तरप्रदेशका सत्यपाल सिंह र केरलका अल्फोन्स कन्ननथानम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed