Breaking News.... EverestOnlineKhabar
June 4, 2026

इन्द्रजात्रा काठमाडौं उपत्यकामा सुरु

Loading

काठमाडौं । वर्षा र सहकालका देवता भगवान ईन्द्रको आराधाना गर्दै परम्परागत इन्द्रजात्रा काठमाडौं उपत्यकामा सुरु भएको छ । आठ दिनसम्म मनाइने जात्रा आइतबारबाट सुरु भएको हो ।

काठमाडौंको हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजात्राको शुभारम्भ गरिएको हो । भक्तपुरमा पनि बिभिन्न चोक र दोबाटोमा लिंगो ठड्याउने प्रचलन छ ।

जात्राको मुख्य आकर्षण नै लिंगो हो । भाद्र शुक्लपक्ष द्वादशीका दिन इन्द्रध्वजा ठड्याएर सुरू हुने यो जात्रा आठ दिनसम्म विभिन्न नाच, गान र रथयात्रा गरी सम्पन्न गरिन्छ ।

लिंगोलाई स्वर्गका राजा इन्द्रका छोरा जयन्तको प्रतीकका रुपमा लिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed