Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौं । काठमाडौंका सडकका पोलमा देखिने अव्यवस्थित र अवैध रुपमा टांगिएका तार हटाउन सुरु गरिएको छ । संचारमन्त्री मोहनबहादुर बस्नेतको पहलमा त्यस्ता तार हटाउने अभियान सुरु गरिएको हो ।

मन्त्री बस्नेत आफैले शहर नै कुरुप बनाउने यस्ता तार काटेर अभियानको उद्घाटन गरे । सञ्चारमन्त्री बस्नेत सहितको प्राविधिक टोलीले आईतचबार माइतीघर बबरमहल क्षेत्रका अबैध तार काट्ने र मिलाउने काम गरेको छ ।

मन्त्री बस्नेतले सरोकारवालाहरु सबैलाई बोलाएर उपत्यकाका सडकमा असरल्ल र अव्यवस्थित बनेका तार व्यवस्थित गर्न निर्देशन पनि दिएका छन । यसबाट शहर व्यवस्थित हुनुको साथै राजश्व असुली बढ्ने मन्त्री बस्नेतको विश्वास छ ।

भौतिक तथा पुर्वाधार, स्थानीय र उर्जा मन्त्रालयसंग समन्वय गरी तार व्यवस्थापनको काम सुरु गरिएको मन्त्री बस्नेतले बताउनुभयो । यो अभियान राजधानीसंगै मुलुकभर संचालन गर्ने बताइएको छ ।

नेपाल दुरसंचार प्राधिकरणले जमिन मुनिबाट तार व्यवस्थापन गर्नका लागि नेपाल विद्युत् प्राधिकरणसंग मिलेर दीर्घकालिन योजना बनाउनतर्फ लागेको जनाएको छ । शुल्क नतिर्ने, विना सम्झौता पोलमा तार टांग्ने प्रवृतिको अन्त्य गर्नुका लागि पनि यो अभियान आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed