![]()
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले शनिवारदेखि प्रधानमन्त्री निवास बाहिर प्रदर्शन सुरु गरेका छन । करार नियुक्ति पाउनुपर्ने लगायत माग गर्दै आएका प्राध्यापकहरुले आफनो सुनुवाइ नभएपछि प्रधानमन्त्री निवासलाई नै निशाना बनाएका हुन ।
आफूहरुको लगातारको आन्दोलन र धर्नालाई सरकारले वेवास्ता गरेको उनीहरुको आरोप छ । आन्दोलनका लागि देशभरिका क्याम्पसबाट आंशिक शिक्षक काठमाडौ आइपुगेका र माग पुरा नहुँदासम्म दिनहुँ विहान ९ देखि दिउँसो १ बजेसम्म बालुवाटारमा प्रदर्शन गर्ने उनीहरुको भनाई छ ।
बर्षौदेखि आंशिक रुपमा पढाइरहेका त्रिविका प्राध्यापकलाई करार गर्नुपर्ने लगायतका माग गर्दै झण्डै तीन महिनादेखि आंशिक प्राध्यापकहरु आन्दोलन गरिरहेका छन् । उनीहरुले एक महिनादेखि त्रिभुवन विश्वविद्यालयको मुख्य कार्यालय कीर्तिपुर बाहिर रिले अनसन गरिरहेका छन ।


