![]()
बिबिसि । केन्याको सर्वोच्च अदालतले गत महिना सम्पन्न राष्ट्रपति निर्वाचनको परिणाम रद्द गरेको छ । निर्वाचनमा अनियमिततता भएको ठहर गर्दै अदालतले २ महिनाभित्र अर्को निर्वाचन गर्न आदेश दिएको हो ।
सर्वोच्चका ६ मध्ये ४ जना न्यायाधीशले निर्वाचनमा अनियमितता भएकोले सो चुनावी परिणाम अवैध भएको ठहर गरेका हुन् । अदालतले निर्वाचन आयोगले संवैधानिक तवरले निर्वाचन नगराएको ठहर समेत गरेको छ । यसअघि बिपक्षी वरिष्ठ नेता राइला ओडिङ्गाको नेतृत्वको गठबन्धनले निर्वाचनमा अनियमितता भएको र निर्वाचनको समय मतगणनाको क्रममा प्रयोग भएका कम्युटर प्रणाली नै ह्याक भएको दावी गरेका थिए ।
सर्वोच्चको फैसलापछि विपक्षी नेता ओडिङ्गाले अफ्रिकी मुलुकमै यो फैसला ऐतिहासिक कदम भएको प्रतिक्रिया दिएका छन् । गत महिना सम्पन्न निर्वाचनमा राष्ट्रपति उहुरु केन्याटालाई १४ लाख मतान्तरले विजेता घोषित गरेको थियो ।


