![]()
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा निर्वाचित भए लगत्तै रञ्जित तामाङले बिद्यार्थी आन्दोलनका एजेण्डा र जनताका छोराछोरीका सपना पूरा गर्नु नै आफनो पहिलो प्राथमिकता रहेको बताएका छन ।
एभरेष्ट अनलाइनखबरसंग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष तामाङले अखिल क्रान्तिकारीको ओज, सम्मान, मर्यादा र गरिमालाई अझै उचो पार्दै देशभरका प्रतिनिधिको विश्वासलाई कुनै हालतमा डगमगाउन नदिने प्रतिबद्धता समेत जनाएका छन । उनले प्राविधिक रुपमा निर्वाचनमा कसैले जितेको र कोही हारेको भएपनि समग्रमा यो संगठनकै जित भएको प्रतिक्रिया दिए । निर्वाचनको बेला निर्माण भएको प्यानल र अभियानले संगठनको भावी गतिविधिमा कुनै अशर नपार्ने उनले बताए । आफूले यो वा त्यो बाहनामा कसैमाथि पक्षपात र पूर्वाग्रह नराखी संगठनको उद्देश्य पूरा गर्न पूर्ण भूमिका खेल्ने उनले बताए । अध्यक्ष तामाङले संगठनको २१औं राष्ट्रिय सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।
सम्मेलनमा दोस्रो ठूलो लोकप्रिय मत हासिल गरी जनजातीतर्फबाट उपाध्यक्षमा निर्वाचन हुन सफल दिपेश पुनले अब संगठन नयाँ चरणमा प्रवेश गरेको प्रतिक्रिया दिए ।

इतिहासमै पहिलो पटक प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधि चयन गरिनु आफैमा ऐतिहासिक भएको बताउँदै उपाध्यक्ष पुनले निर्वाचनकाक्रममा प्रतिबद्धता जाहेर गरेका एजेण्डाको इमान्दारितापूर्वक कार्यान्वयन गर्नु नै आफनो पहिलो प्रथमिकता भएको धारणा राखे । उनले पनि हार जित जे भएपनि संगठन भित्रका सबै साथीहरुलाई मिलाएर बिद्यार्थीका हकहीत, अधिकार र मुलुकको शैक्षिक गुणस्तर सुधार्नमै आफू केन्द्रीत हुने प्रतिबद्धता जनाए ।
शनिवार बिहान सम्पन्न मतगणनामा तामाङले ८४५ र उनका प्रतिस्पर्धी अनिल शर्माले ८२२ ल्याएका थिए । शर्मा तामाङसंग २३ मतले मात्रै पराजित भए । यसैगरी खुला उपाध्यक्षमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम विजयी भए भने महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दीपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव तथा महासचिवमा उत्तम अधिकारी र कोषाध्यक्षमा केशव रावल निर्वा्चित भए । पञ्चाले निर्वाचनकै लोकप्रिय १०५८ मत ल्याइन् ।
एक्काइसौँ राष्ट्रिय सम्मेलनबाट ३३ पदाधिकारीसहित २४३ नयाँ कार्यसमिति चयन गरिएको छ । क्रान्तिकारीमा पहिलो पटक मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको हो । यही भदौ ७ गतेदेखि भएको क्रान्तिकारीको सम्मेलन शनिवार नयाँ नेतृत्व चयन गर्दै सकिएको हो । निर्वाचन प्रक्रियामा दुई हजार १५ मतदातामध्ये करिब एक हजार ७०० ले भाग लिएका थिए ।
विजयी पदाधिकारी कसले कति मत ल्याए ?
अध्यक्षः
रञ्जित तामाङ –८४५
उपाध्यक्षहरुः
तिलक भण्डारी –६५७
सुरेन्द्र बस्नेत ७१२
दिपक देवकोटा–६६२
विजय गौतम– ५९२
महिला उपाध्यक्षः
पन्चा सिह– १०५८
मधेशी उपाध्यक्षः
रविकिरण यादव –५५२
जनजाति उपाध्यक्षः
दिपेशकुमार पुन –९२१
दलित उपाध्यक्षः
इन्द्रकुमार भुषाल –८१७
महासचिवः
उत्तमकुमार अधिकारी –५६९
उपमहासचिव खुल्लाः
तुकमान महरा– ३९३
जिपी मैनाली ७२७
मिलन महत्तरा क्षेत्रि –३४१
सचिवः
नरेश रेग्मी –३८९
डि बि साउद ३२३,
महिला सचिवः
प्रविणा अधिकारी –३२७
गंगा दाहाल –४७९
मधेशि सचिवः
गजेन्द्र प्रसाद देव ५८०
जनजाति सचिवः
राजकुमार याक्सो लिम्बू –२४६
मुश्लिम सचिवः
कल्पना मिया ७६५
दलित सचिवः
मदन भुल –४३०
प्रदेश सचिवहरू
१ नम्बर– मदन भट्टराई ४४०
२ नम्बर– सुयनारायण साह ४०४
३ नम्बर– पवन कार्की ४१५
४ नम्बर – क्षितिज सापकोटा ७२४
५ नम्बर– नारायण खनाल ३५९
६ नम्बर– अम्मराज शाहि ५५८
७ नम्बर– दिनेश प्रसाद भट्ट ७४५
विश्वविद्यालयः डा.अच्युत भट्ट ६५४
कोषाध्यक्षः केशव रावल ५४४
(बिजेताहरुको फोटो सेसन ):






