Breaking News.... EverestOnlineKhabar
June 4, 2026

निर्वाचन आयोगबिरुद्ध मन्त्रिपरिषदमा कुरा उठाउने गच्छदारको चेतावनी

Loading

सप्तरी । उपप्रधान तथा स्थानीय विकास मन्त्री निर्वाचन आयोगप्रति रुष्ट भएका छन । मंसिर १० र २१ गते तोकिएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि तीन महिना अघि नै आचारसंहिता लगाएको भन्दै उनी आयोगसंग रुष्ट भएका हुन ।

सप्तरीको राजबिराजमा बोल्दै उपप्रधानमन्त्री गच्छदारले आचारसंहिता लगाएर निर्वाचन आयोगले सरकारको हातखुट्टा बाँध्ने काम गरेको आरोप समेत लगाए । उनले तीन महिनापहिले नै निर्वाचन आचारसंहिता लगाउन जायज नभएको र यसले सरकारको दैनिक कामकाजमा नै प्रभावित भएकाले तत्काल निर्णय सच्याउन उनले आयोगलाइ आग्रह समेत गरे ।

उपप्रधानमन्त्री गच्छदारले आयोगले आफनो गल्ती नसच्याए आउँदो मन्त्रिपरिषद् बैठकमा आफूले यस सम्बन्धी कुरा उठाउने चेतावनी पनि दिए ।

आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले बुधबारदेखि आचारसंहिता लागू गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed