![]()
काठमाडौं । सरकारले क्षेत्र निर्धारण आयोगको प्रतिवेदन निर्वाचन आयोगलाई प्रदान गरेको छ । आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधवार मात्रै प्रतिवेदन बुझाएको थियो ।
आयोगका प्रवक्ता सहसचिव नवराज ढकालका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट पत्रसहित क्षेत्र निर्धारणको प्रतिवेदन आयोगलाई प्राप्त भएको छ । आयोगले मसिंर १० र २१ गतेका लागि घोषित प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र निर्धारणको प्रतिवेदन माग गरिरहेको थियो ।
आयोगले प्रदेशको ३ सय ३० र प्रतिनिधिसभाका लागि १ सय ६५ निर्वाचन क्षेत्र निर्धारण गरी प्रतिवेदन तयार पारेको थियो । क्षेत्र निर्धारणको प्रतिवेदन प्राप्त भएपछि अब निर्वाचन तयारीमा सहज हुने आयोगले जनाएको छ ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन ऐन भने संसदमा बिचारधिन अवस्थामा छन ।


