![]()
काठमाडौं । गत बैशाख १० गते भएको कक्षा १२ को परीक्षाफल प्रकासित भएको छ । प्रकाशित नतिजाअनुसार नियमित तर्फ ४८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ एक लाख ७५ हजार ५ सय ९३ परीक्षामा सहभागी थिए । ती मध्ये ८४ हजार ५ सय ९३ विद्यार्थी उत्र्तीण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यस्तै, आंशिकतर्फ भने ४८ हजार ७ सय ३६ जना उत्तीर्ण भएका छन् । आंशिकतर्फ एक लाख २३ हजार १ सय २१ ले परीक्षा दिएका थिए ।
परीक्षाको नतिजा १६०१ मा फोन गरेर पनि हेर्न सकिने कार्यालयले जनाएको छ । साथै परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटबाट पनि नतिजा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
विज्ञान समूहका विद्यार्थीको नतिजा भने गत साउन २० गते नै सार्वजनिक गरिएको थियो ।


