Breaking News.... EverestOnlineKhabar
April 21, 2026

अब उत्तर कोरियासंग वार्ता हुँदैन : ट्रम्प

Loading

बिबिसि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग अब कुटनीतिक तवरबाट कुराकानी हुने सम्भावना समाप्त भएको बताएका छन ।

उत्तर कोरियाले पछिल्लो पटक जापानी आकाशहुँदै गरेको मिशाईल परीक्षण पछि प्रतिक्रिया दिदै राष्ट्रपति ट्रम्पले २५ वर्ष देखि धमकी दिईरहेको मुलुकसँग वार्ताको संभावना नरहेको बताएका हुन । केही दिन अघि मात्रै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले अमेरिकालाई सम्मान गर्न थालेको प्रतिक्रिया दिएका थिए ।

त्यसअघि, रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोयरियासंग तनाव घटाउन कुटनीतिक समाधानको बाटो बाँकी रहेको बताएका थिए ।
अमेरिका र संयुक्त राष्ट्रसंघले उत्तर कोरिया विरुद्धको आर्थीक प्रतिबन्ध थप कडा बनाउने तयारी गरिरहेको बताइएको छ ।

यही सन्दर्भमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले उत्तरको कदमको विरोधमा प्रतिबन्ध अझै बढाउँदा परिस्थिति झन विकराल हुने प्रतिक्रिया दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed