Breaking News.... EverestOnlineKhabar
April 19, 2026

आइजिपी नियुक्ति विवादको टुंगो आज लाग्दै, पाउलान त सिलवालले न्याय ?

Loading

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा बहस सकिदै छ । आज सरकारी वकिलका तर्फबाट बाँकी बहस भैरहेको छ । निवेदक नवराज सिलवालका तर्फबाट संक्षिप्त जवाफ फर्काउने काम भएपछि फैसला सुनाइने छ । सकभर आजै अन्तिम फैसला आउने अपेक्षा गरिएको छ ।

साउन २६ गते नै मुद्दामा आदेश आउने अनुमान गरिएपनि सरकारी वकिलका तर्फबाट तत्कालीन महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठको बहस पछि आजका लागि पेसी तोकिएको थियो ।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ सदस्यीय बृहत् पूर्ण इजलासमा मुद्दाको सुनुवाइ हुनेछ ।

सरकारले जयबहादुर चन्दलाई आइजिपी बनाउन गरेको निर्णय बदर गर्दै पहिलो पटक चैत ८ गते सर्वोच्चले कार्यसम्पादन मूल्याङ्कन र वरिष्ठतामा डिआइजी नवराज सिलवाल अगाडि रहेको भन्दै पुनः नियुक्ति प्रक्रिया अघि बढाउन आदेश गरेको थियो । तर, आदेशविपरीत सरकारले चैत २८ गते आइजिपीमा प्रकाश अर्याललाई नियुक्ति गरेको थियो । उक्त नियुक्तिविरुद्ध सिलवाल पुनः सर्वोच्च पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed