Breaking News.... EverestOnlineKhabar
April 19, 2026

निर्वाचनपछि राजनीतिक मुद्दा समाप्त हुने र मुलुक आर्थिक विकासमा अघि बढने : प्रधानमन्त्री देउवा

Loading

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन हुँदै प्रदेश र संघको निर्वाचनपछि मुलुक आर्थिक विकासमा प्रवेश गर्ने बताउनु भएको छ । कैलालीको धनगढी बिमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री देउवाले चुनावपछि राजनीतिक मुद्दा समाप्त हुने र मुलुक आर्थिक उन्नतीको चरणमा प्रवेश गर्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्री देउवाले राजनीतिक स्थायीत्व र संविधान कार्यान्वयनका लागि निर्वाचन आवस्यक रहेकाले सफल बनाउन सबैलाई आग्रह समेत गर्नुभयो ।

आफनो भारत भ्रमणले दुई देशीय सम्बन्ध उचाईमा पुगेको दावी गर्दै उहाँले सुदूरपश्चिममा ठूलो प्राविधिक शिक्षालय स्थापना, गौरीफण्टा नाकाको स्तरोन्नती जस्ता विषयमा महत्वपूर्ण सहमति भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले बिहीबार नै महाकाली नदीमा बन्ने पक्की पुलको शिलन्यान समेत गर्नुभयो ।

४ लेनको सो पुल ३ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सरकारले झण्डै तीन अर्ब रुपैयाँ लागतमा पुल निर्माण गर्न लागेको हो । पुल निर्माण भएसँगै महाकाली नगरपालिकाबासीलाई कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आवत जावत सहज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed