![]()
बिबिसि । बंगलादेशका अलराउण्डर सकिव अल हसनले खतरनाक बलिङ गरेपछि अष्ट्रेलियाबिरुद्धको पहिलो टेष्टमा बंगलादेश विजयी भएको छ । पहिलो टेष्टको दुवै इनिङमा पाँच–पाँच गरी १० विकेट लिएका सकिवले निकै बलियो अष्ट्रेलियालाइ घुंडा टेक्न बाध्य बनाए ।
बंगलादेशले जिततर्फ अग्रसर अस्ट्रेलियालाई २० रनले पराजित गर्दै घरेलु भूमिमा ऐतिहासिक जित दर्ता गरेको हो । यो सँगै बंगलादेशले २ म्याचको सिरिजमा १–० को अग्रता लिएको छ । चौंथो दिन अष्ट्रेलियालाई जितका लागि १ सय ५६ रन आवश्यक थियो र उसको हातमा ८ विकेट बाँकी थियो । तर २ विकेटको क्षतिमा १ सय ९ रनबाट चौथो दिनको खेल थालेको पाहुना टोली थप १ सय ३५ रन जोड्दै २ सय ४४ रनमा अटआउट भयो । ओपनर डेभिड वार्नरले १ सय १२ रनको पारी खेलेपनि बंगलादेशी भूमिमा अन्य कुनै ब्याट्सम्यान चल्न नसक्दा भ्रमणकारी टोली पराजित हुन पुग्यो । स्टेभन स्मिथ ३७ र पाट क्युमिन्स ३३ रनमा नटआउट रहे । पहिलो इनिङ्समा ५ विकेट झारेका सकिव अल हसनले दोस्रोमा समेत समान ५ विकेट लिए । तैजुल इस्लामको नाममा ३ विकेट रह्यो ।
यसअघि, मिरपुरमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले पहिलो इनिङ्समा २ सय ६० र दोस्रोमा २ सय २१ रन बनाएको थियो । अष्ट्रेलिया भने पहिलो इनिङ्समा २ सय १७ रनमा समेटिएको थियो ।
दोस्रो टेष्ट आगामी सोमबार चिताङगोमा सूरु हुनेछ ।


