Breaking News.... EverestOnlineKhabar
April 19, 2026

भारतको सिमलामा नेपाली मजदूरको हत्या आरोपमा आइजिपीसहित ८ प्रहरी अधिकृत पक्राउ

Loading

एजेन्सी । भारतको हिमाञ्चल प्रदेशका प्रहरी महानिरीक्षक (आईजीपी) जहूर हैदरी जैदीसहित ८ प्रहरी अधिकृतलाई पक्राउ गरिएको छ । युवतीको बलात्कार तथा हत्याको आरोपमा पक्राउ परेका निर्दोष नेपाली मजदुरको जेलभित्रै हत्या भएपछि उनीहरु पक्राउ परेका हुन ।

हिमाञ्चलका आईजीपीले बालिकाको बलात्कार र हत्या घटनामा संलग्न भारतीय धनाढ्यका छोरा बचाउन धन कमाउन सिमला पुगेका एक नेपाली मजदुरलाई हिरासतमा राखी फसाउने प्रपञ्च रचेका थिए । उनलाई हिरासतमा लिँदा नेपालीहरुले प्रहरी कार्यालय घेरेका थ्एि । त्यही बीचमा युवतीको बलात्कार र हत्या प्रकरणमा पक्राउ परेका ६ जनामध्ये मुख्य अभियुक्तले नेपाली मजदुरको जेलभित्रै हत्या गरेका थिए ।

जेलभित्रै नेपाली मजदुरको हत्या भएपछि सिमलामा तनाव बढेको छ । हिमाञ्चलको अदालतले यो घटनाको जाँच गर्ने जिम्मेवारी सीबीआईलाई दिएको छ । सीबीआईले घटनाको अनुसन्धानका क्रममा हिमाञ्चलका आईजीपी, एसपी र अन्य प्रहरी अधिकारीसँग धेरैपटक सोधपुछ गरेपछि अन्तिममा पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed