Breaking News.... EverestOnlineKhabar
April 19, 2026

बैंककबाट फर्किए लगत्तै कड्किए ओली– ‘दुई चरणमा चुनाव गर्नुको औचित्य के ? ’

Loading

काठमाडौं । मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र संघको निर्वाचन गर्ने सरकारी निर्णयको बिपक्षी नेकपा एमालेले बिरोध गरेको छ । थाइल्याण्डको बैंककमा स्वास्थ्य उपचार गरी स्वदेश फर्किनु भएका एमाले अध्यक्ष केपी ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रदेश र संघको चुनाव दुई चरणमा गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउनु भएको हो । उहाँले भन्नुभयो, ‘ दुई चरणमा चुनाव गर्नुपर्नाको औचित्य के हो ? ’

निर्वाचन आयोगले सुरुमा मंसिर ४ र २१ गते दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव गरेपनि एमालेको सुझावपछि १० गते एकैचरणमा गर्ने निर्णय भएको ओलीले बताउनुभयो ।

अध्यक्ष ओलीले मत पत्र छाप्ने लगायतको तयारीका लागि ४ गतेको चुनावलाई १० गते र फेरि १० गतेको चुनाव २१ गते सार्नुको औचित्य नदेखिएको उहाँले बताउनुभयो ।

दुई चरणमा चुनाव गराउने विषयमा एमालेसँग सरकारले परामर्शसमेत नगरेको उहाँको गुनासो थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed