Breaking News.... EverestOnlineKhabar
April 19, 2026

सचिवहरुको सरुवा, सेनाका सहायक रथी राजेन्द्र कार्की उपरथीमा बढुवा

Loading

काठमाडौं । सरकारले बिभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले बिभिन्न सचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

क्षेत्रीय प्रशासक शम्भु कोइराला भूमिसुधार मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै भूमि सुधारका कृष्णप्रसाद देवकोटालाई आपूर्ति मन्त्रालय पठाइएको छ भने निर्वाचन आयोगमा रहेका महेश्वर न्यौपाने पर्यटन मन्त्रालयमा सरुवा भएका छन् ।

सचिव कृष्णराज बिसी खानेपानी तथा सरसफाई मन्त्रालयमा पुगेका छन् । यसअघिका सचिव भीम उपाध्यायले अवकाश लिएपछि सरसफाई मन्त्रालयमा बिसी पुगेका हुन् । त्यस्तै पर्यटन मन्त्रालयका शंकरप्रसाद अधिकारी निर्वाचन आयोगमा सरुवा भएका छन ।
केही प्रहरी वरिष्ठ उपरीक्षकको दरबन्दी खारेज गरी प्रहरी नायब महानिरीक्षकको दरबन्दी सिर्जना गर्नेबारे मन्त्रिपरिषद्मा छलफल भएको पनि मन्त्री बस्नेतले बताए ।

यसैगरी बैठकले नेपाली सेनाका सहायक रथी राजेन्द्र कार्कीलाई उपरथी पदमा पदोन्नति गर्ने निर्णय भएको छ । बैठकले अनुसन्धान निर्देशक पदमा हुतराज थापालगायत तीन जनालाई बढुवा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed