Breaking News.... EverestOnlineKhabar
June 19, 2026

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर १० र २१ गते गर्ने सरकारको निर्णय

Loading

काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १० र २१ गते दुइ चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले ब्यवस्थापनको कठिनाई देखाउँदै एकै चरणमा एकै पटक निर्वाचन गर्न नसक्ने बताएपछि सरकारले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि सरकारले मंसिर १० गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको थियो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निर्वाचन आयोगको आग्रहअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । मंसिर १० गते हिमाली र पहाडी जिल्लामा तथा मंसिर २१ गते बाँकी जिल्लामा निर्वाचन गर्ने निर्णय भएपनि निर्वाचन आयोगको सुझावअनुसार सरकारले पहिलो र दोस्रो चरणमा निर्वाचन हुने जिल्लाको टुंगो भने पछि लगाउने भएको छ ।

सञ्चारमन्त्री बस्नेतकाअनुसार प्रदेशसभा र प्रतिनिधिसभाका दुईवटा मतपत्र हुनेछन् । एउटा मतपत्र प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ र अर्को समानुपातिक तर्फको मतपेटिकामा खसाल्नु पर्ने हुन्छ ।

त्यस्तै प्रदेश प्रमुखहरुको नियुक्तिका लागि राजनीतिक सहमति खोज्ने र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन प्रक्रिया अगाडि बढाउने मन्त्रिपरिषद् बैठकको निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed