Breaking News.... EverestOnlineKhabar
April 19, 2026

पहिलो मैत्रीपूर्ण भलिबलमा नेपालले बंगलादेशलाई हरायो

Loading

काठमाडौं । नेपाली पुरुष भलिबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई ३–१ को सेटमा पराजित गरेको छ । लगनखेलस्थित आर्मीको कभर्ड हल भएको मैत्रीपूर्ण खेलमा पहिलो सेट गुमाएको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै बाँकी सेटमा जित हात पारेको हो ।

२७–२५ ले पहिलो सेट गुमाएको नेपालले दोस्रो, तेस्रो र चौथो सेटमा भने उत्कृष्ट पुनरागमन गर्दै जित हात पा¥यो । बंगलादेशमाथि नेपालले दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१६ ले जित हात पारेको थियो । त्यस्तै, चौथो सेट भने २५–२३ ले आफ्नो पक्षमा पार्दै नेपालले पाहुना टोली बंगलादेशलाई ३–१ को सेटमा पराजित गरेको हो ।

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल बुधबार  हुनेछ । नेपाली पुरुष भलिबल टोलीको स्तरबृद्धि र नियमित तयारीको लागि नेपाल भलिबल संघको आग्रहमा बंगलादेशको टोली नेपाल आएको हो ।

नेपाल र बंगलादेशले पछिल्लो पटक दोस्रो एभीसी सेन्ट्रल जोन भलिबलमा आमने सामने भएका थिए । त्यो खेलमा नेपाल पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed