Breaking News.... EverestOnlineKhabar
June 19, 2026

पण्डितहरुद्वारा तीन वा पाँच दिने मृत्यु संस्कारको हल्ला मच्चाउनेलाई बहिष्कार गर्ने निर्णय

Loading

काठमाडौं । राष्ट्रिय धर्मसभा नेपालद्वारा आयोजित चतुर्थ पण्डित सम्मेलनले तीन वा पाँच दिने आशौच (मृत्यु संस्कार) को हल्ला फैलाउनेलाई बहिष्कार गर्ने निर्णय गरेको छ । देशभरका पण्डितहरु भेला गरेर आयोजना गरिएको सम्मेलनले दुइ दिनको छलफलपछि यो निष्कर्ष निकालेको हो ।

सम्मेलनले १५ बुँदे घोषणापत्र जारी गर्दै सनातन हिन्दू धर्मानुयायीहरुले अनुसरण गर्दै आएको धर्मशास्त्रीय परम्परागत प्रमाणिक मान्यता अनुसार नै जननाशौच र मरणाशौच बार्ने र त्यसमा हलचल नगर्ने निर्णय गरेको हो ।

त्यस्तै, सम्मेलनले सबै स्थानीय निकायमा सनातन धर्म संस्कृति सम्वन्धि काम गर्ने संगठन निर्माण गर्नका लागि एक एक जना पण्डितलाई संयोजक तोक्ने र त्यसका लागि बजेटको व्यवस्था गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

सम्मेलनले देशभरका पुरोहित पण्डितहरुको तथ्यांक संकलन गर्ने र समाजमा र्पुयाएको योगदान झल्कने गरी पण्डित डाइरेक्टरी प्रकाशन गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी सार्वजनिक स्थलमा कार्य गर्ने पण्डित पुरोहितहरुलाई परिचय पत्र वितरण गर्ने र आवश्यक प्रशिक्षणको व्यवस्था गर्ने निर्णय पनि सम्मेलनले गरेको छ ।

सम्मेलनले पण्डित आचार संहिता पनि बनाउने र त्यसको कडाइका साथ अनुगमन गर्ने निर्णय पनि गरेको छ । सनातन धर्म, संस्कार र संस्कृतिको मूल संस्कृत शिक्षा भएकाले त्यसको संरक्षणका लागि विद्यालयस्तरमा कम्तिमा एकपत्र संस्कृत विषय राख्न पहल गर्ने निर्णय गरेको छ ।

सम्मेलनले भूकम्पबाट क्षति भएका धार्मिक संरचनाहरुलाई पूर्ववत अवस्थामा ल्याउन सरकारको ध्यानकर्षण गराउने निर्णयसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed