![]()
काभ्रे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले नै पार्टी पद्धती उल्लंघन गरेको आरोप लगाउनु भएको छ ।
स्वर्गिय मंगलादेवी सिंहको २१ औँ स्मृती दिवसको अवसरमा नेपाल महिला संघले काभ्रेको बनेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले नेता बिमलेन्द्र निधिलाई कार्यबाहक सभापति दिएर देउवाले नै पद्धती उल्लघंन गरेको जिकीर गर्नुभयो ।
कार्यक्रममा नेता कोइरालाले बरिष्ठ नेता, महामन्त्री, कोषाध्यक्ष, पुर्वमहामन्त्री लगायतकका नेतालाई वाइपास गरेर निधिलाई कार्यवाहक बनाउँदा गलत सन्देश गएको धारणा राख्नुभयो । उहाँले पार्टीका शीर्ष नेताको सहभागिता बिना टिकट वितरण भए आसन्न स्थानीय तहको निर्वाचनमा अपेक्षित नतिजा आउन नसक्ने समेत बताउनुभयो । प्रदेश नं २ का केन्द्रीय सदस्यलाई मात्रै राखेर टिकट वितरण गर्ने तयारी कांग्रेसले गरेको छ ।
नेता कोइरालाले अन्तर्घात पार्टीको समस्या रहेको उल्लेख गर्दै टिकट वितरण निष्पक्ष नहुने भएकाले निर्वाचनमा अब पनि १५ देखि २० प्रतिशतसम्म अन्तर्घात हुने दावी गर्नुभयो । अन्तर्घात गर्नेलाई पार्टीमा कारवाहीको साटो सामाजिक र राजनीतिक बहिष्कार आवपश्यक रहेको नेता कोईरालाको भनाई थियो ।
गुटबन्दीका कारण नेपाली कांग्रेस दुई वटा पार्टी जस्तो देखिएको उहाँको भनाइ थियो ।


