Breaking News.... EverestOnlineKhabar
April 19, 2026

सुनको मूल्य बढ्यो, प्रति तोला सुन अब रू ५६,५००

Loading

काठमाडौं । सुनको मूल्य एक्कासी बढेको छ । सामान्य मूल्यमा उतारचढाव आइरहने भएपनि मंगलबार भने एक्कासी प्रति तोला १ हजार रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला एक हजारले बढेर ५६ हजार ५ सय रुपैयाँ पुगेको छ । सोमबार प्रतितोल ५५ हजार ५ सय रुपैयाँमा सुन कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावले एक्कासी एक हजार रुपैयाँ बढेको जनाइएको छ ।

यस्तै, चाँदीको मुल्य तोलामा १५ रुपैयाँ बढेर ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed