![]()
काठमाडौं । निजी व्यवसायीहरुले सरकारले हाल सहकारी संस्थाबाट वितरण गदै आएको रासायनिक मल आफूलाइ पनि बेच्ने अनुमति दिन माग गरेका छन ।
मलखाद व्यवसायी संघको महाधिवेशमा सहभागि व्यवसायीले सहकारी सरह निजी व्यवसायीले पनि मल बेच्च पाउने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन । हाल कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनले रासायनिक मल आयात गरी सहकारीमार्फत किसानलाई वितरण गदै आएका छन् ।
मलखाद व्यवसायी संघ नेपालका अध्यक्ष चन्द्रकान्त डल्लाकोटीले सरकारले निजी व्यवसायीलाई पनि रासायनिक मलको विक्रि गर्न पाउनुपर्ने धारणा राख्नुभयो । सहकारीमार्फत विक्रि गरेको रासायनिक १० प्रतिशतसम्म पुगेको र बाँकी गैरकानुनी ढंगबाट आयात भइरहको उहाँले बताउनुभयो । निजी क्षेत्रलाई विक्रि खुला गरे प्रतिस्पर्धाबाट किसानलाई सुपथ र सहज ढंगले मलको वितरण गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा कृषि विकास मन्त्री रामकृष्ण यादवले कृषि उत्पादन बढाउनका लागि गोठे प्राङ्गगारिकसँगै रासायनिक मलको पनि उत्तिकै आवश्यकता रहेको बताउनुभयो । यादवले भन्नुभयाmे, ‘मुलुकमा सात लाख २३ हजार मेट्रिक टन रासायनिक मलको आवश्यक्ता रहेपनि सरकारी तवरबाट साढे तिन लाख मेट्रिक टन मलमा अनुदान दिइएको छ’, कृषि मन्त्री यादवले थप्नुभयो ‘मुलुकमा रासायनिक मलखादको कारखाना नहुँदा वर्षेनी अरबौ रुपैयाँ बाहिरिएको छ ।’
मुलुकमै रासायनिक मल उत्पादन गर्नका लागि मल कारखाना बनाउने काम भइरहेको भन्दै मन्त्री यादवले मागको ६० प्रतिशत मल सरकारी र बाँकी गैरकानुनी तवरबाट आयात भइरहेको जानकारी दिनुभयो ।
कृषि मन्त्रालयका सहसचिव डा. योगेन्द्र कार्कीले कृषिको व्यवसायिकरण गर्न एक खर्ब ३० अर्ब लागतमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना सञ्चालन गरिएको जानकारी दिनुभयो ।


