![]()
काठमाडौं । काठमाडौंमा जारी अखिल क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनमा कुरा नमिल्दा देशभरका प्रतिनिधि अलमलमा परेका छन ।
पटक–पटक नेतृत्व चयनका लागि चुनावी तालिका सार्वजनिक गरिएपनि त्यस अनुसार चुनावी प्रक्रिया अघि बढन सकेको छैन । बिद्यार्थी नेताहरुबीच सहमतिको प्रयास कायमै रहेकाले चुनावी प्रक्रिया अघि बढन नसकेको हो । सहमतिको प्रयास पनि सफल हुन सकेको छैन ।
सम्मेलन सुरु भएको ५औ दिन हुँदा पनि नेतृत्व चयन सर्वसम्मत हुने अथवा निर्वाचनबाट हुने भन्नेमा अन्योल भएपनि प्रतिनिधहरु काठमाडौंमा बस्ने वा घर फर्कने भन्ने दोधारमा छन ।
मंगलबार निर्वाचनबाट नेतृत्व चयन गर्नेगरी आइतबार कार्यतालिका सार्वजनिक गरिएको भएपनि सो अनुसारको प्रक्रिया सुरु हुन सकेको छैन । विधान र प्रतिवेदन सर्वसम्मत पास भइसकेपनि नेतृत्व छनौट भने अन्योलमै छ ।
नेतृत्वमा रञ्जित तामाङ र अनिल शर्माले प्यानलसहित दावी गरिरहेका छन ।


