![]()
जनकपुर,१२ भदौ ।
राजपाले चुनावमा सहभागी हुने निर्णय गरेलगत्तै प्रदेश २ का जिल्लाका सर्वसाधारणमा उत्साह देखिएको छ । विभिन्न मागसहित राजपाले चुनावमा सहभागी नहुने निर्णय लिएपछि यहाँका ८ जिल्लामा अन्योल थियो । अब दलदेखि सर्वसाधारण चुनावी माहोलमा केन्द्रित भएका छन् ।
चुनावमा सहभागी हुने औपचारिक निर्णयलगत्तै राजपाका शीर्षस्थ नेताहरू प्रदेश २ मा झर्ने क्रम सुरु भएको छ ।राजधानीमा व्यस्त नेताहरू जिल्ला–जिल्लामा आउन थालेपछि नेता–कार्यकर्ताबीच चुनावी भलाकुसारी सुरु भएको छ । उनीहरूले सम्भावित उम्मेदवार र जित–हार केलाउन थालेका छन् ।
राजपा मात्र होइन् अन्य ठुला दलहरुले पनि आफ्ना सम्पूर्ण राजनीतिक गतिविधि २ नम्बर प्रदेश केन्द्रीत बनाएका छन् । कांग्रेस,एमाले,माओवादी केन्द्र लगायतका दलहरुका नेता समेत अहिले २ नम्बर प्रदेशमा केन्द्रीत भएका छन् । स्थानीय कार्यकर्ता पनि चुनावी प्रचारमा जुटेका छन् । यस्तै,लोकतान्त्रिक फोर र संघीय समाजवादी फोरम नेपाल पनि चुनावी अभियानमा लागेका छन् ।


