![]()
काठमाडौ,१२ भदौ ।
नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि चुनाव हुने निश्चित भएको छ । सहमतिका लागि भएका सबै प्रयास असफल भएपछि अब चुनाव हुने निश्चित भएको नेता रञ्जित तामाङले जानकारी दिए ।
आज बिहान पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति गरेर अघि बढ्न आग्रह गरेका थिए । तर अध्यक्षका दाबेदार रञ्जित तामाङ र अनिल शर्माले आफ्नो दाबेदारी नछोडेका कारण चुनाव गरेरै नेतृत्व टुंग्याउने तय भएको सहभागि नेताहरुले जानकारी दिएका छन् ।
मतदाताको नाममा दावीविरोध धेरै परेकाले अब त्यसलाई टुंग्याएर चुनाव गर्ने तय भएको नेता तामाङले जानकारी दिए । अखिल क्रान्तिकारीको काठमाडौमा चलिरहेको महाधिवेशनमा दुई हजार ३४ जना मतदाता रहेको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए । चुनावबाट ३३ पदाधिकारीसहित २ सय ३४ जना केन्द्रीय सदस्य चयन हुनेछन् ।


