Breaking News.... EverestOnlineKhabar
June 19, 2026

ताहाचलमा‘ग्याङफाइट’ः एकजनाको मृत्यु, पाँच घाइते

Loading

काठमाडौ,१२ भदौ ।
ताहाचलको बैदेशिक रोजगार कार्यालय छेउमा पसल राख्ने सम्बन्धी विवादमा भएको‘ग्याङफाइट’ मा एकजनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । आक्रमणमा बाफलका राजु भनिने रामबहादुर श्रेष्ठको मृत्यु भएको हो । ताहाचलको बैदेशिक रोजगार कार्यालयमा श्रम भर्न जानेहरुका लागि विमा गर्ने तथा फर्म भन्ने पसल संचालन गर्ने तयारीमा थिए श्रेष्ठ ।
तर, साथीहरुले नै गत शुक्रबार बेलुका खुकुरी हानेर उनको हत्या गरे । योजनाबद्ध रुपमा भेट्न बोलाएर उनको हत्या भएको छ । घटनामा अन्य चारजना घाइते भएका छन् । घाइतेमध्ये विकास गुरुङ र विवेक खत्री अस्पतालमा उपचार गराइरहेका छन् । अन्य दुई जना सामान्य घाइते छन् ।
ताहाचलमा विमाको एजेन्टका रुपमा काम गर्ने सुवेदी‘खैरे’को समूहले श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ । सुवेदी र उनका सहयोगीहरु राम दर्जी र लक्ष्मण दर्जीविरुद्ध मृतकका परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् । हत्यामा संलग्न तीनैजना फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed