![]()
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) मा तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्न विवाद चर्केपछि उच्चस्तरीय समिति गठन गरिएको छ ।
अशोज २ गते २ नम्बर प्रदेशका आठै जिल्लामा स्थानीय तहका उम्मेदवार चयन गर्न उच्चस्तरीय समिति गठन गरिएको हो । प्रत्येक जिल्लामा अलग–अलग समितिले उम्मेदवार चयनको जिम्मा पाएका छन् ।
समितिले सम्बन्धित जिल्लाका पर्यवेक्षकसँग सम्भावित उम्मेदवारहरुको नामावली संकलन गर्ने छ । त्यस्तै इच्छुक उम्मेदवारहरुको बीचमा सहमति गराएर उम्मेदवार चयन गरी भदौ १६ भित्र केन्द्रमा नाम पठाउने जिम्मेवारी पनि उच्चस्तरीय समितिलाई दिइएको छ ।
उच्चस्तरीय समिति यसप्रकार छन् :



