Breaking News.... EverestOnlineKhabar
June 19, 2026

यो बर्षको मदन पुरस्कार घनश्याम कँडेलको ‘धृतराष्ट्र’ लाइ प्रदान

Loading

काठमाडौं । यस वर्षको मदन पुरस्कार घनश्याम कँडेलको ‘धृतराष्ट्र’ लाई प्रदान गर्ने निर्णय भएको छ । आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले अन्तिममा छानिएका ९ कृतिमध्ये कँडेलको कृतिलाई उत्कृष्ट ठर्हयाएको हो ।

अन्तिम छनोटमा परेका नौ पुस्तक क्रमशः गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा, छाउघर, तपन, दोहाको सीधा उडान, धृतराष्ट्र, प्रतिनायक, म स्त्री अर्थात् आइमाई, शुक्रराज शास्त्रीको चस्मा तथा सगरमाथाको गहिराइ थिए । गुठीले १ सय ९५ पुस्तकबाट नौ उत्कृष्ट कृति सार्वजनिक गरेको थियो ।

यस्तै, कार्टुनिष्ट दुर्गा बराल वात्सायनलाई यस वर्षको जगदम्बा श्री दिने निर्णय पनि भएको छ । दुवै पुरस्कारको राशी २–२ लाख रहेको छ ।

यो पुरस्कार प्रत्येक वर्ष घटस्थापनाको अर्को दिन प्रदान गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed