Breaking News.... EverestOnlineKhabar
June 19, 2026

Loading

काठमाडौं । निर्वाचन आयोगले पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई बिना आधार दल दर्ताको प्रमाणपत्र दिएको भन्दै राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । थापाले राणाको पार्टी खारेज गर्ने मागसहित सर्वोच्चमा रिट दर्ता गरेका हुन् । मुद्दाको सोमबार पेशी तोकिएको छ ।

निर्वाचन आयोगले पार्टी विभाजन हुँदा चाहिने आवश्यक केन्द्रीय सदस्य संख्या नै नपुगी राप्रपा प्रजातान्त्रिकलाई दल दर्ताको प्रमाणपत्र दिएको थापाको आरोप छ । निर्वाचन आयोगले राप्रपा प्रजातान्त्रिकलाई गत बुधबार दल दर्ताको प्रमाणपत्र दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed