Breaking News.... EverestOnlineKhabar
June 19, 2026

भारतको पाँच दिने राजकीय भ्रमणपछि प्रधानमन्त्री देउवा आज स्वदेश फर्किदै

Loading

काठमाडौं । भारतको पाँच दिने राजकीय भ्रमणपछि प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कदैं हुनुहुन्छ । प्रधानमन्त्री देउवा भारतको धार्मिक क्षेत्र गयाबाट दिल्ली हुँदै नेपाल फर्कन लाग्नु भएको हो ।

भारत भ्रमणकाक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत बिभिन्न राजनीतिक दलका नेताहरुसंग भेटवार्ता गर्नुभएको थियो । उहाँले हरियाणा र बिहारका बिभिन्न क्षेत्रको अवलोकन गर्नुकासाथै बिहानरका मुख्यमन्त्री नीतीशकुमारसंग पनि भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री देउवाको भारत भ्रमणकाक्रममा महत्वपूर्ण ८ बुँदे सम्झौता समेत भएको छ । जसमध्ये ४ बुँदा भुकम्पपछिको पुनर्निर्माणसँग सम्बन्धित छन् । भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी बुँदामा यसअघि भारतले पुनर्निर्माणका लागि दिने भनिएको सहयोगको कार्यन्वयन सम्बन्धी उल्लेख छन् ।

त्यसैगरी मेची नदीमा पुल निर्माण, नेपाल र भारतका उत्पादनहरुको निर्यात सम्बन्धी मापदण्ड निर्धारण व्यूरो बनाउने र अवैध लागुऔषध नियन्त्रण गर्ने सम्बन्धमा संयन्त्र निर्माण गर्ने सम्बन्धी समझदारी छ । यस्तै दुई मुलुकका चार्टर एकाउण्टसम्बन्धी सहकार्यबारे समेत समझदारी भएको छ ।

भ्रमणकाक्रममा प्रधानमन्त्री देउवाले नेपाल र भारततर्फ बाढीले र्पुयाएको क्षति तथा बाढी नियन्त्रणका लागि दुबै देशका तर्फबाट संयुक्त रुपमा दिगो व्यवस्थापनको पहल गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
प्रधानमन्त्री देउवा गत बुधबार भारत प्रस्थान गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed