Breaking News.... EverestOnlineKhabar
June 19, 2026

डलर तस्करी आरोपित पाइलटको विदेश तालिम रोक्न निर्देशन

Loading

काठमाडौ,९ भदौ ।
विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई तालिमका लागि तत्काल विदेश नपठाउन सरकारले नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ। क्याप्टेन अवालेको उडान लाइसेन्स अद्यावधिक गर्न लाखौं खर्च गर्दै निगम व्यवस्थापनले उनलाई‘सिमुलेटर’ तालिम लिन सिंगापुर पठाउने निर्णय गरेको थियो ।
उनी बिहीबार राति साढे ११ बजे निगमकै जहाजबाट मलेसियाको क्वालालम्पुर जाने तयारीमा थिए। अवालेले सिंगापुर तालिममा जान बिहीबारै निगमबाट २ हजार अमेरिकी डलर (२ लाख रुपैयाँ) भत्ताबापत बुझेका छन्।
‘फौजदारी अभियोग लागेका क्याप्टेन अवालेलाई तालिममा सिंगापुर पठाउने काम तत्काल रोक्न लिखित निर्देशन दिएका छौं,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यले भनेः‘ गम्भीर अभियोग लागेका अभियुक्तलाई विदेश पठाउने निर्णय कानुनविपरीत छ। यो रोकिनैपर्छ।’
उनका अनुसार अवालेको विदेश भ्रमणको खबर सार्वजनिक हुनासाथ मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री, राजस्व अनुसन्धान विभागका महानिर्देशक गोपाल बराल, उपमहानिर्देशक यज्ञ कोइराला र अनुसन्धान अधिकृतसँग छलफल गरेर अवालेको उडान रोक्न निर्देशन दिइएको हो।
क्याप्टेन अवाले २०७३ चैत २८ गते ९३ हजार ६ सय अमेरिकी डलरसहित दुबई उड्न लाग्दा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । नियमित ड्युटीअनुसार जहाज कमान्ड गरेर दुबई जान लागेका अवालेको विमानस्थल प्रहरीले शंका लागेर ब्याग खानतलासी गर्दा अबैध डलर बरामद भएको थियो। एक महिना हिरासतमा बसेपछि उनी धरौटीमा रिहा भएका थिए । त्यसयता विभागले उनीबारे अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed