Breaking News.... EverestOnlineKhabar
June 19, 2026

भारतमा पक्राउ परेको नेपाली युवा रिहाः नेपालीलाई आतंकवादीलाई जस्तो व्यवहार गरियो…

Loading

जोगबनी,९ भदौ ।
दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनलाई सघाएको आरोपमा तीनसाता अघि भारतको सिलीगुढीमा पक्राउ परेको नेपाली युवा उदयहाङ फागो बिहीबार रिहा भएका छन् । उनलाई तारेखमा रिहाइ गरिएको छ । गोर्खाल्याण्ड आन्दोलनका क्रममा पश्चिम बंगालको सुकुनामा भएको प्रदर्शनमा सहभागी भएको र प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा उनलाई २४ दिन अघि सिलीगुढीको एक अस्पताल परिसरबाट पक्राउ गरिएको थियो ।
आमाको उपचारको शिलशिलामा उनी सिलीगुढी पुगेका थिए । उनी निर्दोष रहेको प्रमाणका आधारमा रिहाइ गरिएको मानवअधिकारकर्मीहरुले बताएका छन् । सूर्योदय नगरपालिका–१० इलामका फागोलाई मानवअधिकारीकर्मी, पत्रकार तथा आफन्त र शुभेच्छुकहरुको निरन्तरको पहलमा रिहाइ गरिएको हो ।
रिहा भएपछि नेपाल आएका फागोले नेपालीहरुलाई भारतीय प्रहरीले आतंककारीलाई जस्तो व्यवहार गरेको अनुभव सुनाए ।‘राई–लिम्बु अनुहार र लाहुरेहरु त भारत नगए पनि हुने रहेछ, अनावश्यक रुपमा फसाइदो रहेछ ।’ उनले भने ।
प्रहरी हिरासतमा रहँदा अनावश्यक प्रश्न सोधेर प्रहरीले मानसिक यातना दिएको उनको अनुभव छ । रिहाइका लागि नेपाल सरकारले खासै पहल नगरेकोप्रति भने उनले दुःख व्यत्तः गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed