![]()
काठमाडौ,९ भदौ ।
केही दिनदेखि तरकारीको भाउ ह्वात्तै बढेको छ । बाढीका कारण तरकारीको ढुवानी हुन नसक्दा काठमाडौंको बजारमा भाउ बढेको हो । शुक्रबार हरियो धनियाँ किलोका एक सय रुपैयाँ बढेर किलोको ३ स ३५ रुपैयाँ थोक मुल्य पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
यस्तै हरियो खुर्सानी र भेडे खुर्सानी १७ रुपैयाँ बढेर किलोको ७५ रुपैयाँ थोक मूल्य पुगेको छ । यस्तै भिन्डी किलोमा २० रुपैयाँ बढेर ७८ रुपैयाँ, न्यूरो किलोमा १० रुपैयाँ बढेर ९५ रुपैयाँ, पाकेको फर्सी ४८ रुपैयाँ करेला ४२ रुपैयाँ, काउली, घिउसिमी, बोडी र परवर किलोको ९८ रुपैयाँ थोक मूल्यमा कारोबार भैरहेको छ ।
पाते च्याउ भने किलोमा ३० रुपैयाँ घटेर किलोको १ सय ५५ रुपैयाँमा झरेको छ । च्याउ हिजो किलोको १ सय ८५ रुपैयाँ थोक मूल्य थियो । यस्तै स्कुस किलोमा १० रुपैयाँ घटेर किलोको २८ रुपैयाँ थोक मूल्यमा करोबार भैरहेको छ । अरु तरकारीको भाउ भने बिहीबार जस्तै छ ।
शुक्रबार ठूलो गोलभेंडा किलोको ९८ रुपैयाँ, सानो गोलभेंडा ५२ रुपैयाँ, रातो आलु ३४ रुपैयाँ, सेतो आलु २९ रुपैयाँ, सुकेको प्याज ५१ रुपैयाँ, गाँजर ६८ रुपैयाँ, बन्दा २९ रुपैयाँ, मूला २२ रुपैयाँ, भन्टा ३८ रुपैयाँ, भटमासको कोसा ६८ रुपैयाँ, लौका ५२ रुपैयाँ, चिचिण्डो ३८ रुपैयाँ र घिरौला किलोको ५८ रुपैयाँ थोक मुल्यमा करोबार भैरहेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।


