Breaking News.... EverestOnlineKhabar
June 19, 2026

बार्सिलोनालाई नेइमारपछि अब मेस्सी पनि छाड्ने निश्चित….

Loading

एजेन्सी,९ भदौ ।
स्टार स्ट्राइकर लियोनल मेस्सीले बार्सिलोनासँगको नयाँ सम्झौतामा हस्ताक्षर मात्र गर्न बाँकी रहँदा उनी इंग्लिस क्बल म्यानचेस्टर सिटी जाने चर्चा चलिरहेको छ । चर्चाकै बिच मेस्सीका बुबा जर्ज मेस्सीले सिटीका अधिकारीसँग भेट गरेको खबर बहिरिएका छन् । मेस्सीको ट्रान्सफरबारे कुरा गर्न मेस्सीका बुबाले सिटीका फुटबल डिरेक्टर टिकी बेगिरीस्टैनसँग भेटेको बेलायति पत्रिका
द सनले उल्लेख गरेको छ । उनीहरुले मेस्सी म्यानचेस्टर सिटीमा आउन सम्भावना बारे कुरा गरेको खबरमा उल्लेख छ । मेस्सीले बार्सिलोनासँगको नयाँ सम्झौताका लागि आफू पर्ख र हेरको स्थितिमा रहेको बताएका छन् । ट्रान्सफरको समय रहँदासम्म क्लबले बनाउने योजनालाई हेरेर नयाँ सम्झौता गर्ने उनले बताएका छन् ।
मेस्सीको बार्सिलोनासँगको सम्झौतामा ढिलाई भइरहँदा मेस्सीका लागि इंग्लिस क्लब म्यानचेस्टर सिटीले ३ सय मिलियन युरोको अफर गरेको हो । यदि मेस्सी राजी भएमा फुटबलमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो ट्रान्सफर हुनेछ । बार्सिलोनाको व्यवस्थापनबाट मेस्सी सन्तुष्ट नरहेको र म्यानचेस्टर सिटीका अधिकारीहरु मेस्सीसँगको भेटमा रहेको स्पेनिस सञ्चार माध्यममा खबर छ ।
यसअघि नै सम्झौताका लागि राजी भइसकेको भनिए पनि उनको सम्झौतामा भएको ढिलाईले उनले क्लब छाड्ने डर बार्सिलोनामा देखिएको छ । बार्सिलोनाले लियोनल मेस्सीसँग सन् २०२१ सम्मका लागि सम्झौता गर्न खोजेको छ । १३ वर्षमा बार्सिलोना आएका मेस्सी अहिले ३० वर्षका भए । उनले क्लबसँगको नयाँ सम्झौतामा हस्ताक्षर गर्न समय लिइरहेका छन् ।
स्टार खेलाडी नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएपछि केही दवावमा देखिएको स्पेनिस क्लब बार्सिलोना व्यवस्थापनका कारण झमेलामा छ । मेस्सीले नेइमारको ठाउँ लिन सक्ने खेलाडीका बारेमा प्रशिक्षक अर्नेस्टो वेलवेर्डेसँग कुरा गरिरहेका छन् । यस्तोमा क्लबले भित्र्याउने खेलाडी र आगामी योजना हेरेर मेस्सीले नयाँ सम्झौता गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed