![]()
काठमाडौं । घरको सम्पत्ति सम्बन्धी विवाद बढेपछि काठमाडौंको झोँछेमा एक जनाले आफनै भाईको हत्या गरेका छन । ५२ वर्षीय राजीव मानन्धरले ४६ वर्षीय भाइ गौतमको ह्यामर प्रहार गरी हत्या गरेका हुन् । हत्या गरी फरार भएका दाजु राजीवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भाइ गौतम दुर्व्यसनी भएको र घरमा पटक पटक सम्पतिको विषयमा झगडा गर्ने गरेको बयान राजीवले दिएका छन । उनले आफूले आवेगमा आएर भाइको हत्या गरेको स्वीकार गरेका छन ।
बुधवार दिउँसो दुइ भाईबीच सम्पतिको विषयमा झगडा भउको थियो । झगडाकै क्रममा कोठामा रहेको हम्मरले हानी दाजुले भाइको हत्या गरे । हत्या गरेर ढोका बन्द गरी दाइ फरार भएका थिए ।


