![]()
काठमाडौं । अन्ततः राष्ट्रिय जनता पार्टी (राजपा) ले पार्टीको चुनाव चिन्ह साइकल रोजेको छ । राजधानीमा सम्पन्न केन्द्रीय समिति र पदाधिकारी बैठकमा लामो छलफलपछि अध्यक्ष मण्डलको बैठकले निर्वाचन चिन्ह साइकल लिने निर्णय गरेको हो ।
राजपाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी निर्वाचन चिन्ह साइकल लिएको स्पष्ट पारेको छ । अब राजपाले असोज २ मा हुने स्थानीय तह निर्वाचनमा साइकल चुनाव चिन्ह लिएर चुनाव लड्ने छ ।
निर्वाचन आयोगले राजपाले मागेको छाता चुनाव चिन्ह नदिने भएपछि राजपाले यसअघि राष्ट्रिय मधेस समाजवादी पार्टीले पाएको साइकल चुनाव चिन्ह नै प्रयोग गर्ने भएको हो ।


