Breaking News.... EverestOnlineKhabar
June 19, 2026

देउवा मोदी संयुक्त प्रेसमिट : एकअर्काको तारिफ, एक अर्काका चासोमा दुवैपक्ष गम्भीर

Loading

एजेन्सी । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त प्रेस मिटमा एक अर्काको प्रशंसा गर्नुकासाथै एक अर्काको सरोकारका विषयमा समेत गम्भीर चासो देखाउँदै सकारात्मक जवाफ दिएका छन ।

प्रेस मिटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीचको सम्बन्ध ऐतिहासिक रहेको भन्दै एक अर्कालाइ सहयोग गर्नु कर्तव्य भएको धारणा राखे । उनले नेपालको विकासमा भारतले साझेदारी गर्न पाउनु सौभाग्य भएको बताए । प्रधानमन्त्री देउवाले नेपालको राजनीतिक परिवर्तनमा गजबको भूमिका खेलेको भन्दै भारतीय प्रधानमन्त्री मोदीले संविधानको कार्यान्वयनमा सफलतापूर्वक नेतृत्व गरिरहेकोमा देउवाको प्रशंसा समेत गरे । उनले देउवासंगको भेट निकै उपलव्धिमुलक रहेको भन्दै खुशी समेत व्यक्त गरे ।

प्रधानमन्त्री मोदीले हुलाकी बोर्ड, ट्रान्समिसन लाइन कटैया–कुशहवा र रक्सौल–परवनीपर ट्रान्समिसन लाइनको उद्घाटन हुने र नेपालले १०० मेगावाट विजुली पाउने समेत जानकारी दिए ।
नेपालमा आफूले जिम्मा लिएको जलविद्युत आयोजना समयमै सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्री मोदीले अरुण थ्रीको निर्माणमा जगा अधिग्रहण मामिला सुल्झिएकोमा देउवालाई धन्यवाद दिए । प्रधानमन्त्री मोदीले सीमावर्ती बाँधको नियन्त्रणमा सहमतिबाटै दीर्घकालिन समस्याको समाधान गर्न पहल गर्ने आश्वासन समेत दिए । भूकम्पपछिको १ विलियन डलर सहायता अघि बढाउन पनि भारत तयार रहेको उनले बताए । सीमा सुरक्षा दुवै देशको समान चासो भएकाले आपसी सहकार्य गरेर सीमा दुरुपयोग हुन नदिनतर्फ लाग्नुपर्ने आफनो प्रमुख सरोकार पनि सुनाए ।

देउवाले के भने ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वक्तव्य पछि बोलेका प्रधानमन्त्री शेरबहादुर देउवाले लिखित भाषण लगेका थिए । उनले अंग्रेजीमा भाषण पढेका थिए । आफनो भाषणमा प्रधानमन्त्री देउवाले नेपालमा दुई तिहाई बहमुत नपुगेकाले संशोधन असफल भएको जानकारी दिए । उनले भविश्यमा बहुमतबाट संविधान संशोधन हुने आशा समेत व्यक्त गरे । संविधान संशोधन नभए पनि राजपासहितका दल चुनावमा जाने उनले बताए ।

प्रधानमन्त्री देउवाले कटैया–कुशवाहा र रक्सौल– परवानीपुर विद्युत प्रशारण लाईन विस्तार भएकोमा मोदी सरकारलाई धन्यवाद समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed