Breaking News.... EverestOnlineKhabar
June 19, 2026

नेपाल र भारतबीच ८ बुँदे सम्झौता, पहिलो प्राथमिकता भूकम्पपछिको पुनर्निर्माण

Loading

एजेन्सी । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेकाबेला नेपाल र भारताबीच आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीमा सबैभन्दा बढी महत्व नेपालमा भूकम्पछिको पुनर्निर्माणलाई दिइएको छ । पुनर्निर्माण सम्बन्धी चारवटा बुँदामा भारतले पुनर्निर्माणका लागि दिने भनिएको सहयोगको कार्यन्वयन सम्बन्धी विषय उल्लेख छ ।

भूकम्पपछिको पुनर्निर्माणको लागि भारतले सहयोग गर्न वचन दिएका क्षेत्रहरु शिक्षा, स्वास्थ्य, संस्कृति तथा सम्पदा र आवासमा सहयोग कार्यान्वयन सम्बन्धी ‘मोडालिटी’ कस्तो हुने भन्ने बारेमा समझदारी भएको हो ।

त्यसैगरी मेची नदीमा पुल निर्माण, नेपाल र भारतका उत्पादनहरुको निर्यात सम्बन्धी मापदण्ड निर्धारण व्यूरो बनाउने र अवैध लागुऔषध नियन्त्रण गर्ने सम्बन्धमा संयन्त्र निर्माण गर्ने पनि सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed