Breaking News.... EverestOnlineKhabar
August 14, 2026

Loading

काठमाडौं । बुधवार भारत भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवाको टोली ४५ सदस्यीय हुने भएको छ ।

प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा पत्नी आरजु देउवा, मन्त्रीहरु, सांसद र विभिन्न मन्त्रालयका सचिव र अन्य सरकारी अधिकारी सम्मिलित छन् । देउवासँगै उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पर्यटन मन्त्री जितेन्द्रनारायण देव र वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा भारत जाँदै हुनुहुन्छ ।

विभिन्न दलका ९ जना सांसद पनि भ्रमण टोलीमा छन् । परराष्ट्र मन्त्रालयबाट सचिव शंकरदास बैरागीसहित ८ जना अधिकारी भ्रमण टोलीमा सम्मिलित छन् भने अन्य मन्त्रालयबाट सचिवसहित ११ जना कर्मचारी भारत जान लागेका छन ।

भ्रमण टोलीमा देउवाका स्वकीय सचिव, सुरक्षाकर्मी र सल्लाहकार ८ जना छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्ले पनि प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा हुनुहुन्छ ।
भ्रमण टोलीमा नेपाल टेलिभिजनका २ र राष्ट्रिय समाचार समितिका १ जना पत्रकार पनि छन् । निजी क्षेत्र र अन्य मिडियाका प्रतिनिधि पनि देउवासँगै भारत जाँदै छन् ।

भदौ ७ गते नयाँ दिल्ली प्रस्थान गर्ने देउवा पाँच दिने भ्रमण सकेर ११ गते राति नेपाल फर्कने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed