Breaking News.... EverestOnlineKhabar
August 14, 2026

सरकारको तामझाम दुइ दिनमै सिमित, धुर्मुस सुन्तली राहत बाँडनमै व्यस्त

Loading

सिन्धुली । बाढी पहिरो र डुबान पीडितहरुलाइ राहत बाँडन दुइ चार दिन सरकारी तामझाम खुब देखियो । प्रधानमन्त्री शेरबहादुर देउवादेखि सरकारका मन्त्री र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिभिन्न बाढी प्रभावित क्षेत्रमा आफै पुगी राहत बाँडे । दुइ दिन पानी पर्न के छोड्यो सरकार मौन छ । पूर्वी तराईं, पश्चिम तराईं लगायत पहिरो प्रभावित पहाडी जिल्लाको हालत अझै बेहाल छ तर सरकारी संयन्त्र के थाहा नपाए झैं चुपचाप छ । राज्यको प्रशासनिक संयन्त्रले पनि कुनै काम गरेको देखिदैन । यस्तोबेला सुरुको दिनदेखि नै पीडितहरुको उद्दार र राहत बितरणमा लागेको धुर्मुस सुन्तली फाउण्डेसन भने अझै पनि राहत बितरणमै व्यस्त छ ।

तराईका बिभिन्न क्षेत्र हुँदै धुर्मुस सुन्तली फाउन्डेशनले सिन्धुलीका पहिरो पीडितलाई नगद सहित राहत हस्तान्तरण गरेका छन् । फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले पहिरोबाट श्रीमती सहित चार सन्तान गुमाएका कमलामाई ६ गैरीबजार बस्दै आएका उदयबहादुर खड्कालाई राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।

गत साउन २८ गते पहिरोबाट श्रीमतीसहित चार सन्तान गुमाएर कोखै रित्तिएका खड्कालाई धुर्मुसले नगद चालिस हजार सहित लत्ताकपडा, खाद्यन्न सिरक ढस्ना झुल लगाएका सामाग्री हस्तान्तरण गरे ।

साउन २८ गते बिहान करिब २ बजेको मुसलधारे बर्षासँगैको पहिरोमा परि कमलामाई ६ मा बस्दै आएका ३२ बर्षिय दुर्गाकुमारी खड्का उनकी १५ वर्षीया छोरी शोभा खड्का, १० वर्षीय छोरा अनिश खड्का र अर्का ८ बर्षिय छोरा मनिश खड्काको घट्नास्थलमै मृत्यु भएको थियो ।सदरमुकामको माढी बजारस्थित नेपाल पत्रकार महांसघ सिन्धुलीको जमिनमा सामान्य टहरो बनाई खड्का परिवार बस्दै आएको थियो । मजदुरी गरेर परिवारसँगै घरमा सुतेका खड्का परिवारमा उदयबहादुर खड्का भने भागेर बाच्न सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed